Logo

नेकपा मालेबाट उपमेयरका उम्मदेवार लम्साल कांग्रेस प्रवेश



तनहुँ, २६ बैशाख । तनहुँ शुक्लागण्डकीमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी,लेनिनवादी)बाट उपमेयर पदका उम्मेदवार शिव प्रसाद लम्साल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रबेश गराएका हुन् ।

शिव प्रसाद लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार कृष्णराज पण्डित सहितको गठबन्धन टिमलाई समर्थन सहित सहयोग गर्ने प्रतिवद्धता गरे ।

नेपाली काँग्रेस शुक्लागण्डकी वडा नं ९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot