Logo

ट्रकसँग ठोकिएर स्कुटरमा सवार महिलाको मृत्यु, चालकको उपचार हुँदै



काठमाडौं, २६ बैशाख । सोमबार काठमाडौंको सोल्टीदोबाटोमा ट्रक र स्कुटर एक आपसमा ठोक्किएर एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा कीर्तिपुर–१ ट्याङ्लाफाँटमा बस्ने विमलादेवी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

ना ५ ख १९०९ नम्बरको ट्रक र बा ९४ प ८६७६ नम्बरको स्कुटर बिहान ८ बजे ठोक्किदा घाइते भएका स्कुटर चालक ऋषि प्रसाद भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भएरहेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot