Logo

मोदीले किन प्रयोग नगर्ने भए नेपाल भ्रमणमा लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल



काठमाडौं, २७ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमणमा आउने भएका छन् । उनी सिधै लुम्बिनीको विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा हेलिकोप्टरमार्फत् उत्रने भएका छन् ।

मोदी भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर त्यहाँबाट हेलिकोप्टरबाट नेपाल आउने छन् । मोदीलाई सिधै गौतमबुद्ध विमानस्थलमा उतार्ने कूटनीति पहल भएपनि सफल नभएको बुझिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन मोदीको भ्रमण अगावै प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुँदैछ । परीक्षण उडान पनि भइसकेको छ । तर, मोदी कुशिनगरमा उत्रिएर त्यहाँबाट हेलिकोप्टरमा सिधै लुम्बिनीको विश्व सम्पदा क्षेत्रमा उत्रने भएबाट चासो बढेको छ । उनी त्यहींबाट हेलिकोप्टर हुँदै भारततर्फ जाने बुझिएको छ ।

नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रचार हुने ठानेर मोदीलाई विमानस्थलमै आउने वातावरण बनाउन खोजेको थियो । तर, भारतीय पक्षले विमानस्थललाई सकारात्मक रुपमा नलिएको सन्देश गएको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा भारततर्फ कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर उडान नै सुरु भइसकेको छ । अर्कोतर्फ, लुम्बिनीको विमानस्थललाई भारतले सुरक्षा चासोका साथ हेरेको बुझिएको छ । यसकारण पनि मोदीको प्राथमिकतामा उक्त विमानस्थल नपर्नुलाई अर्थपूर्ण मानिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot