Logo

२ वटा बोरामा लुकाएको गाँजासहित ३ जना पक्राउ



बारा, २८ बैशाख । अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । लागूऔषध गाँजा सहित जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी अटो चालक पाण्डे समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot