Logo

सकियो प्रतीक्षा, आज मतदान



काठमाडौं, वैशाख ३०। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो ।

देशभरका ७५२ स्थानीय तहमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् । तीमध्येबाट कुल ३४ हजार ६६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् ।

निर्वाचनको क्रममा ३९० जना निर्विरोध निर्वाचित भएका छन् । १७० जना दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । मनाङको मार्फाभूमि वडा नं १ मा महिला सदस्यका लागि उम्मेदवारी परेन ।

एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला र ८९ लाख ८२ हजार दस पुरुष तथा १८३ जना अन्य लिङ्ग समूहका मतदाता छन् ।

एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । आयोगले वैशाख २९ गतेलाई निर्दिष्ट मिति तय गरेको हुँदा चुनाव घोषणा भएको मितिपछि १८ वर्ष उमेर पूरा भएका करिब २३ हजार मतदाता थपिएका छन् ।

स्थानीय निर्वाचन २०७४ को अपेक्षा करिब ३६ लाख मतदाता थपिएका छन् । निर्वाचनका लागि दस हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गते मतदान हुने जनाएको छ । दाङको तुलसीपुर नगरपालिकाको वडा नं १७ मा समेत जेठ ३ गते नै मतदान हुने आजको गोरखापत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot