Logo

जनकपुर प्रमुखमा स्वतन्त्र उम्मेदवारको अग्रता



जनकपुर, ३१ बैशाख । जनकपुर उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह निकै फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार १२५ मतका साथसहित दोस्रो स्थानमा छन् ।

उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले १४९ मतका साथ पछ्याइरहेका छन् ।

यसैगरी, उपमेयरमा चित्रसेन अधिकारीले ८४, राप्रपाकी हिमला गुरुङले ५८ मत प्राप्त गरेका छन् । अधिकारी काँग्रेसका उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot