Logo

दैलेखको महाबुमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित



दैलेख, २ जेठ । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका लक्ष्मण गुरुङले २९७९ मत ल्याएर निर्वाचित भएका हुन ।

गुरुङले एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका हरिप्रसाद उपाध्यायले २७१९ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपाध्यक्षमा पनि कांग्रेसकी मन्जु पाण्डे निर्वाचित भएकी छिन् । उनल ३१५५ मत ल्याएर विजयी भएकी हुन् । एमालेकी उम्मेदवार दुर्गाकुमारी सिंहले २३०१ मत ल्याएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot