Logo

ललितपुरमा काँग्रेस-माओवादी तालमेल बागमतीमा मात्र सफल, अन्यमा घात-अन्तर्घात



काठमाडौं, ४ जेठ । ललितपुरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेल बागमती गाउँपालिकामा मात्र सफल देखिएको छ । बागमतीमा काँग्रेसका वीरबहादुर लोप्चनले अध्यक्ष जित्दा माओवादीका भक्तबहादुर दर्लामीले उपाध्यक्ष जितेका छन् ।

ललितपुुरमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा नेकपा एस बाहिर पारिएको छ । ललितपुर महानगरपालिकामा मात्र गठबन्धन छ । तर, ललितपुरमा मेयर काँग्रेसले जित्ने सम्भावना देखिएपनि उपमेयरमा माओवादीलाई मुश्किल पर्ने मतपरिणामले देखाएको छ ।

महालक्ष्मी नगरपालिकामा काँग्रेस र माओवादीबीचको गठबन्धन असफल हुने देखिइसकेको छ । मेयरका माओवादी उम्मेदवार शिव कट्टेल जित्ने सम्भावना कम भइसकेको छ । उपमेयरमा पनि काँग्रेसकी उम्मेदवार लक्ष्मी महर्जनलाई मुश्किल देखिएको छ ।

गोदावरीमा काँग्रेसले मेयर र उपमेयर दुवै जितेको छ । त्यहाँ काँग्रेसलाई मात्र फाइदा पुगेको छ ।

कोञ्ज्योसोम गाउँपालिकामा माओवादीले अध्यक्ष गुमाएको छ । उपमेयरमा काँग्रेसका राजन घिमिरे जितेका छन् ।

ललितपुर महानगरपालिकाका माओवादीका उमपेयरका उम्मेदवार बुद्धिराजा बज्राचार्यले आफूहरुलाई काँग्रेसले घात गरेको अभिव्यक्ति दिइसकेको छ । यसबाट पनि ललितपुरमा बागमती गाउँपालिका बाहेक अन्यत्र घात अन्तर्घात भएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot