Logo

४ दिनबीच दुई पटक विजयी घोषणा भए शमशेरसिंह



काठमाडौं, ५ जेठ । बर्दिवास नगरपालिका ८ को वडाध्यक्षमा निर्वाचित शम्शेरसिंह लामा दुईपटक विजयी घोषणा भए । १ जेठमै उनी झीनो मतान्तरले विजयी घोषित भए । तर, एउटा ब्यालेट फेरि भेट्टिएपछि बाँकी मत पनि गणना भयो ।

एमालेका रुद्र किङरिङ छुटेको ८४ मत गन्दा लामाले भन्दा बढी मत ल्याउन सफल भए । जसका कारण दुवै उम्मेदवारबीच बराबरी भयो ।
मतगणना रोचक बन्यो । शमशेरसिंह र एमालेका उम्मेदवारको बराबरी मत आयो । त्यसपछि नियमानुसार गोलाप्रथा गरियो । त्यसमा पनि शमशेरसिंह नै भाग्यमानी ठहरिए । उनी फेरि निर्वाचित घोषणा गरिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot