Logo

काठमाडौं–१६ को वडाध्यक्षमा पुनः रिजाल निर्वाचित



काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका छन् ।

रिजालले दोस्रो कार्यकालको लागि ४ हजार ५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले ३ हजार २३९ मत प्राप्त गरेका छन् । वडामा कुल १२ हजार मत खसेको थियो । महानगरमा ३२ वडा मध्ये कांग्रेसले २२ वडा जितेको छ ।

महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् । मतगणना नसकिदै मेयरमा साह र उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot