Logo

वेपत्ता तिब्बती लेखक जेलमा भेटिए



एजेन्सी, १३ जेठ । चीनमा एक वर्षयता वेपत्ता एकजना तिब्बती लेखकको अवस्था पत्ता लागेको छ । सन् २०२० मा पक्राउ परेपछि वेपत्ता उनी चीनको किङहाइ प्रान्तको सिलिङ जेलमा रहेको पत्ता लागेको हो ।

४७ वर्षीय लुन्ड्रब पक्राउ पर्नुअघि चिनियाँ अधिकारीले निगरानीमा राखेका थिए । रेडियो फ्रि एशियाले २०२० को डिसेम्बरमा धार्मिक बहसमा सहभागी हुन जानलाग्दा उनी पक्राउ परको उल्लेख गरेको छ । चिनियाँ प्रहरीले कालो कारको पछाडि राखेर उनलाई लगेका थिए ।

लुन्ड्रबलाई राजनीतिक पुनः शिक्षा कार्यक्रम अन्तर्गत चिनियाँ मान्डारिन भाषामा तिब्बती बुद्धिष्ट ग्रन्थ उल्था गर्न लगाइएको छ । तर, परिवारलाई भेट्न नदिइएको आरएफएले जनाएको छ ।

तिब्बती संस्कृति र पहिचानलाई जोडबलको गतिविधि गर्नेलाई चीन सरकारले कडाई गर्ने देखि नियन्त्रणमा लिन गरेको विषय उठिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्