Logo

इन्धन बोकेका ट्यांकरमा लागेको आगो नियन्त्रणमा



काठमाडौं, १३ जेठ । रुपन्देहीमा आज इन्धन बोकेका २ ट्यांकरमा लागेको आगो नियन्त्रणमा आएको छ । भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा २ ट्यांकरमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।

तेल खनाउने क्रममा आगो लागेका लु २ ख २६५६ नम्बरको ट्यांकर पुर्ण रुपमा र लु २ ख ५६८५ नम्बरको ट्यांकर आंशिकरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक जना हेल्पर घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइतेको क्रिमशन अस्पतालमा उपचार भइरहेको छ ।

तिलोत्तमा, भलवारी र सिद्धार्थनगरपालिकाको दमकलले आगो नियन्त्रण लिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot