Logo

यौन दुव्यवहारको उजुरीको हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव दर्ता



काठमाडौं, १३ जेठ । यौन दुव्यवहारको उजुरीमा हदम्याद सम्बन्धि व्यवस्था हटाउन मागसहित राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

सांसदहरु कमला पन्त, विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजाय मुक्त हुने अवस्थाको बारेमा उल्लेख गरिएको छ । यौनजन्य हिंसा भएमा १ वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद छ ।

बालयौन दुव्यवहार कसुरमा सजायको लागि जाहेरीको लागि पुर्णत हदम्याद व्यवस्था हटाउने र बालबालिका बाहेक अन्यको हकमा समेत हदम्याद पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्ने दुइटा माग प्रस्तावमा राखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot