Logo

२२ वर्षीया अस्मिता कालिगण्डकीको किनारमा मृत भेटिइन्



काठमाडौं, १५ जेठ । करीब एक महिनोदखि घरबाटै बेपत्ता भएकी पाल्पाकी एक युवती कालिगण्डकी नदी किनारमा मृत भेटिएकी छिन् ।

गत बैशाख ११ गतेदेखि हराएकी रम्भा गाउँपालिकाकी २२ वर्षीया अम्मिता दर्जी मृत फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार उनको शव नदीमा फेला परेपछि पोस्टमार्टमको लागि रामपुर अस्पताल लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot