Logo

वडा १५ का अध्यक्षले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने



काठमाडौं, जेठ १७ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले कार्यपालिका बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म आफूले बैठक भत्ता नलिने घोषणा गरेका छन् ।

उनले सोमबार भएको कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनमा संवेदनशील भएको बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन साहले यसअघि नै फोहोर व्यवस्थापन नभएसम्म मालाखादा नलगाउने र कुनै विजयी उत्सव नमनाउने घोषणा गरेका थिए ।

‘फोहोर व्यवस्थापन नभएसम्म म बैठक भत्ता लिन्नँ मेरो खातामा कृपया पैसा नहालिदिनु होला,’ उनले बैठकमा भने । काठमाडौं महानगरको स्थानीय तहको निर्वाचन २०७९ पछिको पहिलो बैठक लाइभ गरिएको थियो ।

डंगोल एकीकृत समाजवादीबाट जित्ने काठमाडौं महानगरका एक्ला वडा अध्यक्ष हुन् । वडा १५ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको थियो । डंगोलले सार्वजनिक शौचालयलाई व्यावसायिक गर्न नहुने धारणा पनि बैठकमा राखेका थिए । स्थानीयको गुनासो सुन्ने कलसेन्टरको एजेन्डामा आफ्नो समर्थन रहेको बताएका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot