Logo

जम्मु-काश्मिरमा हिन्दूहरुमाथि आतंकवादी आक्रमणको विरोध



एजेन्सी, २० जेठ । भारतको जम्मु-काश्मिरमा हिन्दू समुदायमाथि आतंकवादी हमला हुन थालेको छ । बितेका केही दिनमा हत्याका घटनाहरु हुन थालेका छन् ।

यसै हप्ता एकजना शिक्षक र बैकका म्यानेजरको गोली हानी हत्या भएको छ । बाटो र कार्यालयमै हत्या भएको हो ।

३६ वर्षीय शिक्षक रजनी बालाको जम्मु क्षेत्रको साम्बामा हत्या भएको हो । बाला शिक्षकको रुपमा कुलगाममा कार्यरत थिइन् । मङ्गलबार भएको घटनाको जम्मु काश्मि पिपल्स जस्टिस फ्रन्टले भत्र्सना गरेको छ ।

यसै हप्ता कुलगम जिल्लाको एक बैंकका म्यानेजरमाथि आतंकवादी हमला भएको छ । अरेह मोहनपोरास्थित इलाकी देहाती बैंकका म्यानेजरमाथि बैंकभित्रै गोली प्रहार भएको हो । उनको पनि मृत्यु भएको छ ।-Representative Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्