Logo

५० किलो गाँजासहित पक्राउ



मकवानपुर,२० जेठ । ५० किलो गाँजासहित एक पुरुष पक्राउ परेका छन् । गाँजासहित हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजासहित भारत सितामणि थानाबेला–१० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot