Logo

जनकपुरमा घुमन्ते बालक मृत अवस्थामा भेटिए



काठमाडौं, २४ जेठ । धनुषामा एक बालक मृत अवस्थामा फेला परेका छन् । एक हप्तादेखि हराइरहेका ६ वर्षीय बालक राँकी बरही मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

गत जेठ १७ गतेदखि हराएका बालकको शव जनकपुर उपमहानगरपालिका–२२ बसहियाको दुधमती नदी छेउमा भेटिएको हो ।

प्रहरीका अनुसार बालकको शव सडेको अवस्थामा फेला परेको छ । शवको पोस्टमार्टमका लागि काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

घुमन्ते समुदायका बालक पछिल्लो समयमा त्रिपाल टाँगेर जनकपुरमा बस्दै आएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot