Logo

शेयर सुधार समिति गठन गरेलगत्तै ६० अंकले बढ्यो नेप्से



काठमाडौं, २५ जेठ । सेयर बजार सुधारको लागि अर्थमन्त्रालयले आज ४ सदस्यीय समिति गठन गरेसँगै नेप्सेमा आज उच्च अंकको सुधार आएको छ । नेप्से परिसुचक आज ६० दशमलव २२ अंकले बढेर २०८० दशमलव ४४ विन्दु कायम भएको हो ।

त्यस्तै, आज शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २५ अंकले बढेर ४०० दशमलव ३७ विन्दुमा पुगेको छ।

आज २३१ कम्पनीको १ अर्ब ६४ करोड ३५ लाख ६ हजार ६०८ रुपैयाँ बराबरको ५ लाख ५ हजार ८१४ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot