Logo

मल/खाधको अभाव तथा असफल कृषि नीतिका कारण नेपाली किसानहरु भारत जान बाध्य



बखतियार अलि–सर्लाही, २५ जेष्ठ । नेपालमा मल/खाधको आभाव तथा सरकारको असफल कृषि नीतिका कारण नेपाली किसानहरु आफनो जग्गा बाँझो राखेर दुईछाक टार्नको लागि भएपनि चरम बेरोजगारीका कारण आफनो घरवार र परिवार छाडेर भारतको पञ्जावमा मजदुरी गर्न बाध्य भएका छन्।

सर्लाहीबाट मात्र दैनिक हजारौंको संख्यामा कृषि मजदुरहरु धान खेतीको मुखैमा रोजगारीको लागि भारतमा जान थालेका हुन् । जसले गर्दा नेपाली कृषियोग्य जग्गाहरु बाझो रहँदै आएको छर कोही पनि किसानले खेती गर्न चाहे पनि कृषि मजदुरको आभावमा खेती गर्न समस्या भएको किसानहरुको गुनासो छ ।

नेपाल सरकारले प्रत्येक वर्ष सबभन्दा बढि बजेट कृषि क्षेत्रको विकास र नेपाली किसानलाई आत्मानिर्भर बनाउन बजेट बिनियोजन गरेपनि सरकारको कृषि नीतिमाथि प्रश्न उठाउदै नेपाली किसानहरु भारत पलायन हुन बाध्य भएका छन् । जसले गर्दा नेपाली भूमि प्रत्येक वर्ष बाँझो हुँदै कृषियोग्य जमिनहरु बगरमा परिणत हुदै गएको छ । नेपाललाई कागजमा कृषिप्रधान देश घोषणा गरेपनि बास्तबिकता र यथार्थ डरलाग्दो हुँदै गएको छ ।

नेपालीहरुसंग जग्गा छ, तर कृषि गर्न चाहिने पर्याप्त सामाग्री नपाएपछि नेपालीहरु दिनानुदिन कृषि पेशा नै छाडदै गएकोले नेपाली जनता दुईछाक टार्नपनि भारतबाट दाल, चामल, तेल किन्न बाध्य भएका छन् । एक हिसाबले देख्ने हो भने अहिले परिवेशमा नेपाली जनता पुर्ण रुपमा भारतमाथि निर्भर हुँदै गएको छ । जुन कुरा राष्ट्रहितमा कुनैपनि हालतमा राम्रो छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot