Logo

छोराको शव उठाउन अस्पतालले माग्यो ५० हजार, रकम उठाउन परिवार सडकमा भिख माग्दै



एजेन्सी, २६ जेठ । बिहारको समस्तीपुरमा मानवतालाई लज्जास्पद घटना सार्वजनिक भएको छ । मंगलबार सदर अस्पतालले पोष्टमार्टमपछि छोराको शव दिन गरिब अभिभावकसँग ५० हजार रुपैयाँ मागेको थियो ।

परिवारसँग त्यति पैसा थिएन । उनीहरु पैसा व्यवस्था गर्न गाउँ फर्के । त्यसपछि गाउँमा आँचल फैलाएर भीख मागिरहेको देखियो । जनताको घरघरमा गएर आफ्नो असहायता सुनाएर सहयोगको अपिल गरे । यसै क्रममा कसैले भिडियो बनाए । जुन भाइरल भयो ।

वास्तवमा यो रकम अस्पतालका कर्मचारीले मागेका थिए । घटना अस्पताल व्यवस्थापनमा पुगेपछि हतारमा शव प्रहरीलाई बुझाइएको थियो । त्यसपछि बुधबार दाहसंस्कार गरिएको थियो । यता, परिवार गरिब भएकोले छोराको अन्तिम संस्कार पनि गर्न नसकेकाले स्थानीयले सहयोग गरेको गाउँले बताउँछन् ।

ताजपुर थानाको आहर गाउँका महेश ठाकुरका २५ वर्षीय छोरा सञ्जीव ठाकुर जेठ १५ गतेदेखि बेपत्ता थिए । परिवारले धेरै अनुसन्धान गरे । असार ७ गते मुश्रीघरारी थाना इलाकामा प्रहरीले एक अपरिचित युवकको शव फेला पारेको जानकारी पाए । त्यसपछि उनी मुश्रीघरारी प्रहरी चौकी पुगेका थिए । शव पोष्टमार्टमका लागि पठाइएको प्रहरी चौकीबाट जानकारी दिइएको छ । अभिभावक हतार हस्पिटल पुगे ।
शवका लागि ५० हजार रुपैयाँ मागेको थियो ।

सुरुमा पोष्टमार्टम गर्ने व्यक्तिले शव देखाउन मानेनन् । पछि बिन्ती गरेपछि उनले शव देखाए जसमा बाबुआमाले छोरा सञ्जीव ठाकुरको पहिचान गरेका थिए । बुबाले शव मागेपछि कर्मचारीले ५० हजार मागे । पैसा नतिरेको भन्दै शव दिन मानेनन् । भिडियो सार्वजनिक भएपछि अस्पताल प्रशासनले हतारमा शव प्रहरीलाई बुझायो । त्यसपछि परिवारले अन्तिम संस्कार गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot