Logo

अमेरिकी जर्नेल नेपाल हुँदै चीनबाट किन आयो कडा चेतावनी



काठमाडौं, ३० जेठ । प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सैन्य कमाण्डर चाल्र्स ए फ्लिन नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । उनी भारत हुँदै नेपाल आएका थिए । भारत भ्रमणका क्रममा उनले चीनलाई चेतावनी समेत दिए ।

फ्लिन भ्रमणको अन्तिम दिन नेपालमै थिए । त्यही दिन चीनका रक्षामन्त्री वी फेङईले अमेरिकालाई कडा चेतावनी दिदै बोले । आफ्ना समर्थक देशहरुलाई भड्काउन खोजेको आरोप लगाए । आइतबार सिंगापुरमा आयोजित १९औं सांग्रिला संवादमा बोल्दै अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अस्थिरता बनाउन खोजेको भन्दै त्यसको प्रतिरक्षा गरिने चेतावनी दिए । उनले अमेरिकाको हिन्द प्रशान्त रणनीति एशियाका देशहरुबीच सैन्य द्वन्द्व सृजना गर्ने उद्देश्यले आएको टिप्पणी गरे ।

चीनका रक्षा प्रमुख वीले एशिया प्रशान्त क्षेत्रका स्थायित्व र एकता टुटाउन नसक्ने गरी एशिया प्रशान्त समुदायबीच साझा भविष्य निर्माणमा चीनको दृष्टि रहेको बताए । अमेरिकाले चीनलाई घेर्ने रणनीतिक वातावरण बनाउने क्षमता नराख्ने भन्दै बरु चीनले क्षेत्रीय एकता कायम राख्न खोजेको चीनको विदेश मामलासम्बन्धी धारणा सार्वजनिक गर्ने गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

वीले अमेरिकाले एशिया प्रशान्त क्षेत्रमा आफ्ना समर्थक देशहरुलाई भड्काएर क्षेत्रीय अशान्ति मच्चाउन खोजेको आरोप समेत लगाए ।

चीनका रक्षामन्त्री वी फेङईले ताइवानलाई चीनबाट अलग गर्न खोजे आफ्नो सेना अन्तिम अवस्थासम्म लड्ने चेतावनी दिए । चीनलाई उत्तेजित पार्ने अभिप्रायले अमेरिकाले ताइवानको प्रश्नहरु उठाउने गरेको समेत उनको आरोप थियो । ताइवान चीनको अभिन्न अङ्ग भन्दै पुनः एकीकरणबारे बुझेको टिप्पणी गरे ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot