Logo

पूर्वराजा १ महिना विदेश बस्ने, जन्मदिन पनि उतै



काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गरेका छन् । शाह एक महिना लामो बसाइको लागि बैंकक उडेका हुन् । शाहले आफ्नो जन्मदिन पनि यसपटक उतैै मनाउने भएका छन् ।

उनको साथमा पूर्वरानी कोमल शाह पनि छिन् । दुई सहयोगी पनि भ्रमणमा छन् । शाह ६ साउनमा स्वदेश फर्कने बुझिएको छ । पुर्व राजाका सदस्य मध्ये पारस शाह र हिमानी शाह यतै छन् भने दुई नातिनी र नाती विदेशमै छन् ।

Photo Source: Journalist Anu 



प्रतिक्रिया दिनुहोस्

Screenshot