Logo

विहेपछि घर लैजाउ भन्दा प्रेमीले करेण्ट लगाएर छाडेका प्रेमिकाको अस्पतालमा विचल्ली



काठमाडौं, ६ असार । धनुषास्थित जनकपुरधामको प्रादेशिक अस्पतालको शैयामा करीब डेढ सातादेखि एक युवती लडिरहेकी छिन् । आठ महिना अघि प्रेम विवाह गरेकी युवतीलाई छटपटाउने बनाउने अरु कोही नभएर उनकै श्रीमान् हुन् ।

२२ वर्षीया राधिका कार्कीका श्रीमान अरुण साह अहिले फरार भएका छन् । गत जेठ १६ गते साहले कार्कीलाई करेण्ट लगाएर हत्या गर्न खोजेका थिए तर, स्थानीयहरुले होहल्ला गरेपछि हत्या गर्न भने भ्याएनन् ।

राधिकाको दुवै हात, दुवै खुट्टा र पेटमा करेन्ट लागेको अस्पतालले जनाएको छ । कार्की करीब डेढ सातासम्म त अचेत जस्तै थिइन् । अहिले उनी सानो स्वरमा बोल्न सक्ने भएकी छिन् । कार्की अहिले प्रादेशिक अस्पताल जनकपुरको बर्न वार्डको १३५ नम्बर बेडमा उपचाररत छिन् । उनको शरीरको १० प्रतिशत अंग जलेका छन् । उनका आफन्तलाई उनी अस्पतालमा रहेको जानकारी गराएपनि कोही आएका छैनन् ।

सिन्धुलीको गोलञ्जर गाउँपालिका–२ की राधिकाले धनुषाको सखुवा महेन्द्रनगरका जनकपुर बस्दै आएका साहसँग ८ महिना अघि विवाह गरेकी थिइन् । विवाहपछि सँगै बस्दै आएका दम्पत्तिबीच घर लैजान अनुरोध गर्दा करेण्ट लगाएर हत्या गर्न खोजेको राधिकाको बताउँदै आएकी छिन् । तर, प्रहरीले भने जाहेरी नदिएको भन्दै पीडकको खोजी गरिरहेको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot