Logo

स्वास्थ्य बीमामा समस्यै समस्या



काठमाडौं, असार ७ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना नपाएको भन्दै अस्पतालहरूले धमाधम स्वास्थ्य बीमाअन्तर्गतको उपचार सेवा स्थगित गर्न थालेका छन् ।

बोर्डले पछिल्लो समय दाबी भुक्तानी चुस्त गतिमा अघि बढाएको भने पनि प्राविधिक समस्याका कारण त्यसले पूर्णता पाउन सकेको छैन । केही अस्पतालले शोधभर्ना नपाएको भन्दै स्वास्थ्य बीमाअन्तर्गतको सेवा स्थगित गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बोर्डबाट भुक्तानी नपाएको भन्दै गत शुक्रवार एक सूचना जारी गरी असार १५ देखि बीमाअन्तर्गतको स्वास्थ्य उपचार सेवा स्थगित गर्ने बताएको छ । अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगित गरिने अस्पतालको भनाइ छ । शिक्षण अस्पतालले बोर्डबाट ८ करोड रुपैयाँ हाराहारी बीमा दाबी भुक्तानी लिन बाँकी छ ।

काठमाडौं उपत्यकाबाहिरका सर्वसाधारणले उपचार गर्न यहाँ आउँदा शिक्षण अस्पताललाई पहिलो रोजाइमा राख्छन् । यसले दिने स्वास्थ्य बीमाअन्तर्गतको सेवा अन्यको तुलनामा बढी प्रभावकारी छ । त्यो अवस्थामा शिक्षण अस्पतालको पछिल्लो निर्णयले स्वास्थ्य बीमा सेवा प्रभावित हुने देखिन्छ ।

शिक्षण अस्पतालले २०७७ मङ्सिरदेखि स्वास्थ्य बीमाअन्तर्गतको उपचार सेवा दिँदै आएको छ । यसले पहिलो चरणको उपचारमै सुविधा दिँदैन । जिल्ला अस्पतालले रिफर गरेको अवस्थामा मात्र बीमाअन्तर्गतको सेवा दिन्छ । काठमाडौंमा स्वास्थ्य बीमा शुरू नभएका कारण यसो गरिएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot