Logo

एमालेकी प्रदेश सांसद गुलेफुन खातुन पदमुक्त



काठमाडौं, ८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट निर्वाचित प्रदेश १ की सांसद गुलेफुन खातुन पदमुक्त भएकी छिन् । सर्वोच्च अदालतले सरकारी छाप र दरखास्त किर्ते मुद्दामा दोषी ठहर गरेपछि खातुन पदमुक्त भएकी हुन् ।

उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि उनले सर्वोच्च अदालतमा मुद्दा दोहोर्याउन माग गर्दै निवेदन दिएकी थिइन् । सर्वोच्चले उनको निवेदन नै खारेज गरेको हो ।

मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि ०७१ चैत्र ४ गते तत्कालिन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखतसमेत नक्कली बनाई जग्गा एकलौटी बनाउने गरी कर्मचारीसँग मिलेर सिफारिस नै अर्को निकालेको उनीमाथि आरोप लागेको थियो ।

सोही मुद्दामा उनका श्रीमान २५ दिनसम्म थुनामा समेत रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्