Logo

आजदेखि ललितपुरका बालबालिकालाई कोरोना खोप



काठमाडौं, १० असार । ललितपुरका बालबालिकाहरुलाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदैछ ।

ललितपुरमा असार १० देखि १५ गतेसम्म ५ देखि १२ वर्षसम्मका बालबालिकाहरुलाई शनिबार बाहेक अन्य दिनमा विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा फाइजर खोप कार्यक्रम सञ्चालन हुने भएका हुन् ।

आज ललितपुर महानगरको वडा नम्बर १,२ र ३ का बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिइने कार्यक्रम रहेको छ । त्यस्तै, असार १२ गते ४,५,६ र ७ वडामा, १३ गते ८,९,१०,११,१२, १३ र १४ वडामा खोप कार्यक्रम रहेको छ ।

१५, १६, १७,१८, १९,२० र २१ मा असार १४ गते र २२,२३,२४,२५,२६,२७,२ड र २९ वडामा कोरोनाविरुद्धको खोप कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot