Logo

ज्योति विकास बैंकको मणिग्राम र परासीमा शाखा विस्तार



काठमाडौं, १० असार । ज्योति विकास बैंकले थप दुई नयाँ शाखा विस्तार गरेको छ। बैंकले आजदेखि मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।

बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ५, रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए ।

साथै, रामग्राम नगरपालिका वडा नं. ३ परासीस्थित परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका संचालक मन महर्जनले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५% छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot