Logo

लोसपा र लोक दलबीच एकता, यस्तो छ सहमति (तस्विरसहित)



काठमाडौं, १२ असार । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र लोक दलबीच पार्टी एकता भएको छ । आज दुई पार्टीबीच भएको एकताको सहमतिपत्रमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र लोक दलका अध्यक्ष कौशल कुमार सिंहले हस्ताक्षर गरेका छन् ।

पार्टी एकताबारे दुई दलबीच ४ बुँदे सहमति भएको छ । उक्त सहमतिअनुसार लोक दलले लोसपाको नाम, झण्डा र छाप स्विकार गर्ने भएको छ । त्यस्तै, लोक दलबाट नेता तथा कार्यकर्ताहरुलाई सहमतिअनुसारको स्थान र सम्मान लोसपा नेपालले प्रदान गर्ने भनिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot