Logo

अमेरिका पुगेर काँग्रेस नेताहरुले दिए गठबन्धन नतोडे ठूलो क्षति व्यहोनुपर्ने चेतावनी



काठमाडौं, २३ असार । नेपाली काँग्रेसका नेताहरुले अमेरिका पुगेर गठबन्धनबाट मुक्त नभए ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । उनीहरुले कम्युनिस्ट पार्टीहरुबाट काँग्रेसले विगतमा धोका पाएको र फेरि पनि पाउने बताए ।

नेपाली जनसम्पर्क अन्तराष्टिय समन्वय समिती विश्व संजालले अमेरिकाको न्युर्योकमा आयोजना गरेको कार्यक्रममा नेताहरुले काग्रेसले सदैव कम्निष्टहरुबाट धोका सिवाय अरु केही नपाएको बताए । काँग्रेस नेतत्वले अबनिर्णय लिने बेला आएको उनीहरुको भनाई थियो ।

नेपाली काग्रेसका केन्दिय सदस्य कमला पन्तले गठबन्धन छोडी जनताको घर दैलोमा जान अब ढिलो गर्न नहुने बताइन् । उनले आमूल परिवर्तनको नारासहित जनताको घरदैलोमा पुग्नुपर्ने बताइन् । भावी प्रधानमन्त्रीको नाम सहित निर्वाचनमा जाँदा पार्टी भित्रैबाट अन्तरघात हुन सक्ने उनको भनाई थियो ।

काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले आउँदो संसदिय निर्वाचनामा पार्र्टीले जनताको परिवर्तनको चाहनालाई मनन गर्दे भावी प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने बताए । उनले गगन थापा, डा. सशांक कोइराला वा डा. शेखर कोइरालालाई अधि सारी निर्वाचनमा जानु पर्ने बताइन् । पूर्वसभापति गिरिजा प्रसाद कोइरालाले किसुनजीलाई प्रधानमन्त्रीका लागि अघि सारेको स्मरण गर्दै सभापति देउवाले यस्तै कदम चाल्नुपर्ने बताए ।

विश्व संजालका सभापति तथा नेपाली काग्रेसका महाधिवेश प्रतिनिधि विष्णु सुवेदीले आमुल परिवर्तनमा जोड दिए । कार्यक्रममा समाजसेवी नविन शेरचन, एन आर एन न्युर्योक च्यापटरका सभापति आगछिरिग शेर्पा, एन आर एन अमेरिकाका सल्हाकार विरेन्द्र जग केसी, एन आर एन न्युर्योक च्यापटरका सचिव वासु लामिछाने , नेपाली जनसम्पक अन्तराष्टिय संमन्वय समति विश्व सन्जास अमेरिकाज क्षेत्रीय समितिका सभापति टंक वहादु रुवीली लगायतका वक्ताहरु गठबन्धनबाट धोका भएको भन्दै अब मुलुकको भावी नेतृत्व युवालाई सुम्पिनु पर्ने आवश्यकता आई परेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot