Logo

अबे हत्याको नेपाल सरकारद्वारा भत्सर्ना, शनिबार राष्ट्रिय शोकको घोषणा



काठमाडौं, २४ असार । नेपाल सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबेको हत्याको घोर भत्सर्ना गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हत्याको भत्सर्ना गर्दै शनिबार राष्ट्रिय शोक मनाउने निर्णय लिएको छ ।

अबेको आज विहान सार्वजनिक कार्यक्रममा भाषण दिइरहँदा गोली हानी हत्या भएको थियो । घटनाप्रति विश्वका नेताहरुले भत्सर्ना गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीका अलावा नेताहरुले पनि घटनाको भत्सर्ना गरेका छन् ।

अबे जापानको इतिहासमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम उमेर र बढी समय प्रधानमन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot