Logo

बहिनीले गरिन् दाजुसँग बिहे, सर्प जस्तै जन्मियो बच्चा



एजेन्सी, २६ असार । उज्वेकिस्तानबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ दाजु बहिनीको बिहे भयो । बिहेपश्चात जन्मेको बच्चा निकै अनौठो थियो । उनको शरीरमा सर्पको जस्तै धार र माछाको छालाको दाग थियो । केही समयपछि बालकको मृत्यु भयो ।

महिलाको पहिले नै एक बच्चा थियो, जो अझै जीवित र स्वस्थ छ, तर, यो बच्चा उनको भाइबाट होइन उनको पहिलो श्रीमानबाट जन्मेको हो। पछि पहिलो श्रीमान छोडेर गएपछि दाजुसँग विवाह गरिन् । तर यसपटक जन्मेको बच्चा सबै दुर्गुण लिएर जन्मियो।

बेलायती वेबसाइट ‘मिरर’ को रिपोर्टका अनुसार उज्वेकिस्तानको डस्टिक प्रान्तमा एक दाजु र बहिनीले विवाह गरेका छन् । पछि बालिकाले अस्पतालमा छोरालाई जन्म दिइन् । यो बच्चा यति अनौठो थियो कि उसलाई अपरेसन थिएटरमा देख्ने सबै सुरुमा डराए। अस्पतालका कर्मचारी पनि उनलाई छुन डराउँथे । यो बच्चालाई धेरै रोग थियो। उनको शरिरमा सर्पको दागको निशान थियो । बच्चाको छाला नराम्रो थियो र माछाको छालामा दागहरू जस्तै बनाइएको थियो।

चिकित्सकहरुका अनुसार बच्चामा इस्थियासिस कोग्नेसिया नामको समस्या थियो, जुन दुर्लभ छ

 



प्रतिक्रिया दिनुहोस्