Logo

आइजीपीविरुद्धको मुद्दाको सुनुवाई धकेलियो, विश्वराज साउनमा घर जाने



काठमाडौं, २७ असार । आइजीपीमा धीरजप्रताप सिंहको बढुवाविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटको सुनुवाई ३१ असारमा हुने गरी सरेको छ । आज सर्वोच्च अदालतमा सुनुवाई हुने गरी पेशी तोकिएकोमा सरेको हो ।

सुनुवाई निरन्तर सरेपछि विश्वराज पोखरेल उमेरहदले साउनमा घर जाने सम्भावना बढेको छ । पोखरेल जतिसक्दो छिटो फैसला आफ्नो पक्षमा पार्ने लबिङमा छन् ।

वरिष्ठताका आधारमा आफू आइजीपी बढुवा हुनुपर्ने भन्दै पोखरेलले सरकारविरुद्ध मुद्दा दायर गरेका हुन् । तर, प्रहरी सेवामा एकसाथ प्रवेश गरेका धीरजप्रताप सिंह र विश्वराज पोखरेलमध्येबाट सरकारले सिंहलाई बढुवा गरेको हो । आइजीपी बढुवामा वरिष्ठता मिचिएको भनेपनि पोखरेलले पनि आफूभन्दा अघिल्लो ब्याचीलाई उछिनेर डिआइजी र एआइजीमा एकल बढुवा पाएका थिए ।



प्रतिक्रिया दिनुहोस्