Logo

नवदम्पतीले घोषणा गरे विपन्न विद्यार्थीलाई सहयोग



अर्घाखाँची, ३१ असार । अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटौती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयोग घोषणा गरेका छन् ।

शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेको जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र अन्य विद्यालयमा आवश्यकता हेरी ५० हजार गरी एक लाखको अक्षयकोष घोषणा गरेका हुन् ।

लामो समयदेखि शिक्षण पेसामा रहेका नवदम्पतीले पिछडिएका बालबालिका आर्थिक अभावमा पढाइ छोड्नुपर्ने अवस्था अन्त्यका लागि केही टेवा पुगोस् भन्ने मनसायका साथ अनावश्यक खर्च कटौती गरी सहयोग गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot