Logo

लब्लीडाँडामा बालिकालाई जबरजस्ती गर्दा…



कास्की, २ साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका–१३ बस्ने पर्वत कुश्मा नगरपालिका–६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका–५ लब्लीडाँडामा लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot