Logo

पुष्पन प्रधानले ल्याए ‘मैले जानीनँ होला’



काठमाडौं, ८ साउन । चर्चित गायक पुष्पनको स्वरमा रहेको ‘मैले जानीनँ होला’ बोलको गीत सार्वजनिक गरिएको छ ।

आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजानेपनि उसको खुशी कहिले नहराओस् भन्ने प्रेमीको चाहानामा केन्द्रीत यो गीत हालसालै सार्वजजिक गरिएको हो ।

गीतमा सञ्जित साना सानाको शब्द तथा संगीत रहेको छ भने जोनी योन्जन तामाङको एरेन्ज र मास्टरिङ रहेको छ ।  भिडियोमा नायिका पूजा शर्मा, कलाकार निराजन प्रधान र कलाकार हिउँवाला गौतमको दमदार अभिनय हेर्न सकिन्छ ।

ब्लड क्यान्सरले थलिएकी एक यूवतीले आफ्नो प्रेमीको खुशीका लागि कसरी उसलाई वास्तविक घटना लुकाउँछे भन्ने कथामा निर्देशक हरि हुमागाँईले मर्मस्पर्शी कथा बुनेका छन् । उत्तम हुमागाँइको छायांकन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot