Logo

नेपालमा कोरोना संक्रमण बढ्दै, ६ सय बढी आज थपिए



काठमाडौं, १५ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

५ हजार ८४६ जनामा गरिएको परीक्षणका ४९६ जना पीसीआर र १२४ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, २ सय ९७ जना आइतबार संक्रमणमुक्त भएका छन् । संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने देशभर सक्रिय संक्रमितको संख ४५ सय ६७ रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्