Logo

नेप्सेमा आज ५४ अंकको उछाल, साढे ४ अर्बको कारोबार



काठमाडौं, १५ साउन । शेयर बजारमा आज उच्च अंकको सुधार भएको छ। नेप्से परिसुचक ५४ दशमलव ५८ अंकले बढेर २१९५ दशमलव १० विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ७२ अंकले बढेर ४१९ दशमलव २० विन्दुमा पुगेको हो ।

आज २२० कम्पनीको ४ अर्ब ६० करोड ९७ लाख १ हजार २७२ रुपैयाँ बराबरको १ अर्ब १३ करोड ३९ लाख ४८६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot