Logo

कांग्रेस संसदीय दलको बैठक सुरू (तस्बिरहरु)



काठमाडौं,२८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

बैठकमा आजबाट सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिका र संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । यसअघि बिहीबार दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसदमा विरोध जनाएको थियो। यसैकारण सरकारले वैशाख ३ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो। बजेट अधिवेशनमा पनि आफ्ना माग जोडदार रूपमा उठाउने कांग्रेसले जनाएको छ। आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot