Logo

विकास र समृद्धिका लागि आलोपालो प्रधानमन्त्रीः माओवादी नेता



काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का युवा नेता रञ्जित तामाङले विकास र समृद्धिका लागि नेपाली कांग्रेससँग आलोपालोमा जाने सहमति हुने बताएका छन् ।
प्राइम एचडी टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता तामाङले भने, “अहिले हामीले नेपाली कांगे्रसलाई बिनाकन्जुस्याइँ प्रधानमन्त्री मानेका छौं । अब विकास र समृद्धिका लागि आलोपालोमा जाने सहमति हुन्छ । अहिले म पात्रमा जान चाहन्नँ । माओवादी केन्द्र र कांग्रेसले पावर सेयरिङ गर्छन् ।”
कांग्रेससँगको गठबन्धनमा जानुपर्नेमा पार्टी स्पष्ट रहेको पनि तामाङले औंल्याए । उनले थपे, “गठबन्धन हाम्रो रहर होइन राजनीतिक आवश्यकता हो । एमालेसँग गठबन्धन गर्दा मुलुकले के भोग्यो भन्ने हामीलाई थाहा छ । एमाले नाममा वामपन्थी भए पनि कांग्रेसभन्दा प्रगतिशील छैन । अहिलेको गठबन्धन ठीक छ । यसले सुशासनको ग्यारेन्टी गर्नुपर्छ ।”

बालुवाटारमा ‘मिडनाइट डिनर’ गरेको पार्टीले गठबन्धनको मर्म थाहा नपाएको आरोप पनि उनले लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot