Logo

काठमाडौं-१ मा शोभित उप्रेतीको पल्लाभारी



काठमाडौं, २२ साउन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने भएको छ भने अधिकांश नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन ।

मुलुककै राजधानी काठमाडौंमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । सबैजसो निर्वाचन क्षेत्रमा राजनीतिद दल, नेताहरु र उम्मेदवारका दावेदारहरुले आन्तरिक छलफल र लबिङ सुरु गरेका छन् ।

सर्वाधिक चासो रहेको काठमाडौं क्षेत्र नम्बर १ मा चारपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ नेपाली कांग्रेससहित राप्रपा, स्वतन्त्र उम्मेदवार र सुशासन पार्टीबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका शोभित उप्रेती, स्वतन्त्र उम्मेदवार पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल सम्भावित उम्मेदवारका रुपमा देखिएका छन । चुनावमा यी चारजनाकै बीचमा प्रतिष्पर्धा हुने देखिएको छ ।

यो निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र कमजोर देखिन्छ । एमाले र माओवादी केन्द्रले अन्य दलसंग गठवन्धन गरेर जाने मनस्थिति बनाएका छन । एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने बुझिएको छ । गठवन्धनको निर्णय अनुसार माओवादी केन्द्रले कांग्रेसलाई सघाउने देखिएपनि कांग्रेसभित्रको अन्तरकलहका कारण सिंहलाई घात हुने देखिन्छ ।

नेकपा एमालेले राप्रपालाई सघाउने स्थितिमा शोभित उप्रेतीको पल्लाभारी हुने देखिएको छ । उप्रेतीलाई टिकट दिन अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्व अध्यक्ष पशुपतिशम्शेर राणा सकारात्मक छन । नेकपा माओवादी केन्द्रका तर्फबाट यसअघिका उम्मेदवार अनिल शर्मा पनि उप्रेतीप्रति सकारात्मक देखिन्छन ।

स्वतन्त्र उम्मेदवार पुकार बमको चर्चा भैरहेको भएपनि उनले चुनावै जिति हाल्ने स्थिति नदेखिएको भनेर अहिले चर्चा भएको छ। हुन त उनलाई पनि दलीय सिण्डिकेट तोड्न समस्या छ । प्रहरी सेवाबाट आएका रमेश खरेलको व्यक्तिगत चर्चा र लोकप्रियता भएपनि संगठन बलियो नहुँदा निर्वाचनमा उनको प्रभाव त्यति नहुने चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot