Logo

प्रभु क्यापिटलको जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक



काठमाडौं, २३ साउन । प्रभु क्यापिटल लिमिटेडले बालदिवस लक्षित जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक गरेको छ ।

बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकताबारे चेतना फैलाउन संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा भिडियो सार्वजनिक गरेको हो ।

विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ सहित “आशा” नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ

यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् ।

प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जनाएको छ । यस भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्ने बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot