Logo

विद्यार्थी र युवाहरूको विश्व संगठनको कार्यक्रमका लागि अभिविन्द भारत जादैं



काठमाडौं, २५ साउन । भारतको मध्य प्रदेशमा आगामी अगस्ट १३–१५ सम्म संचालन हुने दुई दिवसीय अन्तराष्ट्रिय कंफरेन्सको लागि नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट युथ आइकन तथा पब्लिक स्पिकर अभिविन्द खनियाले प्रतिनिधित्व गर्ने भएका छन्।

उनी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सह–महासचिव पनि हुन्। “Culture and Shared Sustainable Future” को मुख्य ऐजेण्डा रहेको उक्त कार्यक्रममा संसारभरका १००भन्दा बढी राष्ट्रका युवा तथा विद्यार्थीहरुको सहभागिता रहनेछ। विगत लामो समयदेखि राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा आबद्ध रहेका खनिया जीवविज्ञानका विद्यार्थी हुन्, जीव विज्ञान संगसंगै राप्रपा भित्र पनि प्रतिभाशाली युवा नेताको रुपमा उनी उदियमान् छन्।

हालैमात्र Konrad Adeneur Stiftung School of Young Politicians (KASYP) मलेसियामा नेपाललाई प्रतिनिधित्व गरेका खनियाले यो सेमिनारले पनि आफूमा थप राजनीतिक सुझबुझको साथै नेतृत्व शैलीमा अझ निखार ल्याउन सहयोग गर्ने आशा राखेको बताएका छन्।

पुर्वान्चल विश्वविद्यालय अन्तर्गत ह्वाइटहाउस कलेजको ईकाई अध्यक्षको रुपमा विद्यार्थी राजनीति सुरु गरेसंगै विभिन्न कलेज तथा आंगिक क्याम्पसमा संगठन निर्माणमा सक्रिय भूमिका खेल्दै आएका उनी पुरातन शैलीको विरोध, आन्दोलन, चक्काजाम, रांकेजुलुस भन्दा पनि अब विद्यार्थीका मागहरुलाई सिर्जनात्मक रुपमा प्रस्तुत गरी त्यसको समाधान ल्याउन तर्फ तत्पर रहनुपर्ने बताउंछन्।

उनी अभ्यानी प्रोडक्सन नामक नेतृत्व विकास संस्थाको अध्यक्ष, डिबेट नेटवर्क नेपालका पूर्व महासमिति सदस्य, संयुक्त राष्ट्र संघको युवा तथा विद्यार्थी संघ नेपालका पूर्व महासमिति सदस्य, तथा मिस्टर टिन २०१७ का विजेता पनि हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot