Logo

अभियान लघुवित्तको आईपिओ बाँडफाँडः २३ सय जनाको आवेदन रद्द



काठमाडौं, साउन ३० । अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरिएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ अक्रोद १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बाँकि रहेका १९ लाख ७८ हजार ७५ सय ९४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो ।

जस अनुसार ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि रहेका आवेदक भने हात खाली भएका छन् । कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot