काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज पनि स्थानीयहरुले अवरोध गरेका छन् । विरोधको क्रममा बुधबार पक्राउ परेका स्थानीयहरुको रिहाइको माग गर्दै उनीहरुले फोहोरका गाडीहरुलाई विसर्जन गर्न नदिएका हुन् ।
हिजोमात्रै तीन जिल्ला काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा सिसडोल तथा बन्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरुबीच छलफलपछि फोहोर फाल्न अवरोध हटाउने ४ बुँदे सहमति भएको थियो ।
उक्त सहमति भएको २४ घण्टा नपुग्दै स्थानीयहरुले अवरोध सृजना गरेका हुन् । बिहीबार ३० वटा टिपर फोहोर बोकेर बन्चरेडाँडा हिडेका छन् ।