Logo

तस्विरमा थापाथलीदेखि सुन्दरीघाटसम्मको जलयात्रा (फोटोफिचर)



काठमाडौं, भदौ ४ । उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यले नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार बागमतीमा जलयात्रा कार्यक्रमको आयोजना गरिएको छ ।

राजधानीको थापाथलीदेखि सुन्दरीघाटसम्म आयोजना गरिएको जलयात्रामा शहरी विकास मन्त्री मेटमणि चौधरी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न धर्म सम्प्रदायका धर्मगुरु, वातावरणविद, समाजसेवी, पत्रकार लगायत सरोकारवाला विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।

बागमती नदीको पुरानै प्राकृतिक सुन्दरता फर्काउने उद्देश्यले राखेर साढे ५ किलोमिटर जलयात्रा मा १२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा)को प्रयोग गरिएको छ ।

सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको बागमती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनी याममा जलयात्रा महोत्सव गर्दै आएको छ ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल

 



प्रतिक्रिया दिनुहोस्

Screenshot