Logo

काठमाडौं महानगरले नक्सा पासबिनै बनाईएका संरचना भत्कायो : बालेनलाई कतै ताली, कतै गाली (फोटोफिचर)



काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नक्सा पासबिनै बनाएका संरचना भत्काउन आँफै एक्शनमा उत्रिएका छन् । नयाँ बानेश्वरबाट सुरु गरिएको यो अभियान आज (बुधबार) बिहान मेयर शाह काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं मलमा निर्माण गरिएको संरचना भत्काउन पुगेका थिए ।

त्यसपछि उनी न्यूरोड खिचापोखरीमा रहेको आरबी कम्प्लेक्सका अनधिकृत संरचना भत्काउन पुगेका थिए । सो क्रममा कतै उनको प्रशंसा गरिएको थियो भने कतै उनलाई गाली गरिएको थियो ।

प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot