Logo

महेश बस्नेतको दाबी : प्रत्यक्षमा ७० भन्दा बढि सिट बढि जित्छौं (भिडिओसहित)



काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी ”नेता बस्नेतले क्लबले निर्वाचनकेन्द्रित बहसको थालनी गरेकोमा क्लब र यसका सभापति ऋषि धमलालाई धन्यवाद पनि दिएका थिए ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दलहरु निर्वाचनको सन्दर्भमा आ आफ्नो ढंगले तयारीमा लागेको उल्लेख गर्दै आफ्नो पार्टीपनि निर्वाचनको तयारीमा होमिएको सुनाए । उनले भने,“हाम्रो केन्द्रीय कमिटी बैठक आज सकिन्छ । अब देशव्यापी रुपमा निर्वाचनको तयारीमा गैरहेका छौं । गठबन्धनले पनि आफ्नो तयारी गरिरहेको छ । हामीले निर्वाचनको घोषणापत्र लेख्ने कामको थालनी गरेका छौं । यसको नेतृत्वमा पनि अध्यक्ष केपी ओलीले गर्नुभएको छ । देशव्यापी रुपमा आएका रायसुझाव पनि सुन्छौं । हाम्रो दलले सुखी नेपाली र समृद्ध नेपालीको अभियान चलाएको थियो । हामीले विकासको तिव्र विकास गर्यौं । ठूला–ठूला औद्योगिक क्षेत्र निर्माण भयो ।”

संक्रमणकालिन न्यायसम्बन्धी विद्येयक पीडकमैत्री बनाउन खोजिएको भन्दै उनले आपत्ति जनाए र आफ्नो दलले विरोध जनाएको पनि स्पष्ट पारे । उनले भने,“सत्ता गठबन्धनले नागरिकता विद्येयक त्यस्तै अघि बढायो । एसपिपी लागु गर्न खोजिएको छ । कुनै महाशक्ति राष्ट्रको छायाँको रुपमा अथवा सैन्य रणनीतिक अभ्यासभित्र हामीलाई सामेल गरेर सेनाका चिफलाई अष्ट्रेलियाको मेलबर्न पठाएका छौं । करको दर हेरफेर गरिएको छ । राष्ट्रपतिले पूनर्विचार गरियोस भनेको विद्येयक जस्ताको त्यस्तै पठाउने काम भयो, प्रधानन्यायाधीशलाई महाभियोग लगाउने काम गरेको छ । आफूअनुकुलकालाई निमित्त दिने, सत्ता गठबन्धनको यी काम जनताले सबै कुरा हेरेका छन् ।”

एमालेले आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष ओलीलाई अघि सारेको स्पष्ट पारे । उनले यसअघि ओलीको नेतृत्वमा दुई तिहाई बहुमत नजिक मत पाएको र माधव, प्रचण्डले ओली सरकारविरुद्ध चलेखल गरेको आरोप लगाए । उनले भने,“उहाँले आफ्नो कार्यकाल पूरा गर्न पाउनुभएन, हामीले केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा उभ्याउने निर्णय गरेका छौं । अहिले हामी संगठन सुदृढीकरण गरिरहेका छौं । एमाले अहिले पनि पहिलो दल हो । अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ । स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत भोट ल्याएका छौं । अब ४० प्रतिशत पपुलर मत ल्याउँछौं ।”

उनले एमाले अहिलेपनि कमजोर नरहेको स्पष्ट पारे । उनले भने,“यो बीचमा गठबन्धनले जनताको हितविपरित काम गरेको छ । भ्रष्टाचार गरेको छ। मल अभाव, पुस्तक अभाव भएको छ । यी ईस्युलाई हामीले सही ढंगले व्यवस्थापन गर्दा, १४ महिनाका उहाँहरुको अलोकप्रिय कामले हामीलाई फाईदा हुन्छ । ७० भन्दा बढि सिट बढि जित्छौं । सरकार बनाउन बहुमत पुग्ने हाराहारीका साथ अघि बढेका छौं । एमालेले गठबन्धन नगर्ने मोडालिटी बनाएको छ । तर, स्थानीय तहको आवश्यकत्ताको आधारमा पनि जान सकिन्छ । निर्वाचनलाई जनताको हितमा उपयोग गर्छौं । मुलुकको समृद्धि नै हाम्रो एजेण्डा हो ।”

बस्नेतले संघीयता र धर्मनिरपेक्षताजस्ता मुद्दा अब रिभ्यु गर्नुपर्छ भनेर पनि आवाज उठाउन थालिएको सुनाए । र, यो विषय आउँदो सदनको महत्व्पूर्ण एजेण्डा हुने उनको भनाई छ । उनले यसपटकको निर्वाचनमा मुलुक र जनतालाई काम नलाग्ने मान्छे निर्वाचित नहुनपनि सक्ने स्पष्ट पारे ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अनधिकृत रुपमा बनाईएका संरचना भत्काएकोमा किन आपत्ति र विरोध भनेर पत्रकार धमलाले राखेको जिज्ञासामा उनले भने,“हाम्रो नेपाली समाजमा कस्तो छ, एउटा मान्छेले व्यवसाय गर्ने कुरा, घर निर्माण गर्ने कुरा, यसमा उसको २० वर्षको मेहनत जोडिएको छ । मान्छेले जीवनभरि कमाएको पैसाले घर बनाउँछ । संविधानप्रदत्त अधिकार के हो भने सम्पत्तिको रक्षा गर्नु हो । विकल्प नदिईकन यस्तो काम गर्नुहुँदैन् । नक्शा पास नभएका घरहरु भत्काउन डोजर लगाउने हो भने काठमाडौं उपत्यका बस्न नालायक ठाउँ हुन्छ । मैले मेरो जिल्ला, क्षेत्र र नगरमा गएर हेर्नुहोस, मैले नमूना काम गरेको छु । निर्मँण गरेको छु । विध्वंश गरेको छैन् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot