Logo

कालीगण्डकी आँखा उपचार केन्द्रलाई आर्थिक सहयोग



काठमाडौँ,१९ भदौ । कालीगण्डकी आँखा उपचार केन्द्रलाई जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले रु १० लाख सहयोग गरेका छन् । उक्त केन्द्रको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विनोदकुमार पोखरेललाई उनले सो रकम हस्तान्तरण गरेको हो ।
उपचार केन्द्रकोको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण गर्न सो रकम उपलब्ध गराइएको हो । तीनतले भवनको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण हुन बाँकी थियो ।
वि.सं २०७० मा स्थापना भएको उक्त केन्द्रका लागी ओकेबाजेले भवन निर्माण देखि व्यवस्थापन गर्न विभिन्न समयमा सहयोग गर्दै आएका केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिए । तीन दशकदेखि उनले पाल्पाको शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठूलो योगदान पु¥याउँदै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot