Logo

इमान्दारिता हुनु त यस्तो



काठमाडौँ,२१ भदौ । म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गरेकि छन् ।

रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाएकि थिइन् । उनले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाइन् ।

पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आएका थिए । सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।रासस

 



प्रतिक्रिया दिनुहोस्